स्वदेशी तथा वदिेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने उद्यमशील, दक्ष, सीपयुक्त, श्रममशक्ति विकास गरी बेरोजगारी न्यूनिकरण गर्न सघाउने ।
लक्षित वर्गलाई रोजगारमूलक तालिम प्रदान गरी बेरोजगारी घटाउने र आय आर्जनको दायरा बढाउने ।
स्थानीय निकाय र गैरसरकारी संस्थाहरुको सहकार्यमा व्यवसायिक तथा सीपमूलक तालिम संचालन गर्ने ।
नेपालमा कार्यरत विदेशी श्रमिकलाई सीपयुक्त नेपाली श्रमिकबाट क्रमशः प्रतिस्थापन गर्दै जाने ।
प्राप्त सीपमूलक तालिमलाई उत्पादनमूलक र प्रतिफलयुक्त बनाउने उपायहरु अबलम्बन गर्दै जाने ।
बैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि पूर्व अभिमुखीकरण तालिम संचालन गर्ने ।
व्यवसायिक तथा सीप विकास तालिमका अवसरहरुको वृद्धि गरी त्यस्ता तालिम सेवाग्राहीको निकटमा संचालन गरी स्वरोजागरीका अवसरहरुको प्रवर्धन गर्ने वातावरण बनाउने ।
रोजगारी र स्वरोजगारीका अवसरहरुको सम्भावना भएका विषय र क्षेत्रमा सीपयुक्त श्रमशक्ति तयार गर्न तालिम संचालन तथा व्यवस्थापन गर्ने ।
रोजगारीका अवसरहरुको खोजी र उपभोग गर्न सक्षम जनशक्ति विकास गर्ने ।